नेपाली संघीय समाज इजरायलको शुभकामना,आदान प्रदान ,साथै चियापान कार्यक्रम सम्पन्न |(भीडीयो सहित)

इजरायल बिसेष
तेलअविव – संघीय समाजवादी फोरमको प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलले अंग्रेजी नया बर्सको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ |
 
गत शुक्रबार तेलअबिबको हार्चियोन गोलइस्चोन स्ट्रिट ६४ मा रहेको हलमा पासङ नुर्बु शेर्पाको सभापतित्व साथै पूर्व अध्यक्ष सुन्दर लामा तामांगको प्रमुख अतिथ्यता साथै बिसेष अतिथि बाल कुमार राई,अतिथि दिप कुमार राई त्यस्तै बिसेष अतिथि नेपाल आदिबाशी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ साथै इजरायबाट संचालित बिभिन्न मीडियाका मीडिया कर्मी कलाकार, समाजसेवी बुद्दीजीबी लगायतको उपस्थिती रहेको थियो |
तेस्रो अधिवेशनमा सम्मानित हुनु भएका  विभिन्न विधाका व्यक्तित्वहरु संचारकर्मी देव बास्कोटा, अनिल सि.राजपुत ,कलाकारहरु  कादम्बरी दाना श्रेष्ठ,नुतन भुसाल,सुमन कार्की, लक्ष्मी बास्कोटा लगायतका कलाकार साथै धर्मगुरु सामाजिक व्यक्तित्व अनि विभिन्न महानुभावहरुलाई सम्मान-पत्र वितरण कार्यक्रम सम्पन्न समेत भएको थियो |
 
त्यस्तै पार्टी प्रवेश गर्ने नया सदस्य हरु   सोनाम ह्योल्मो, मिरा तामाङ, निमा शेर्पा, डोल्मा ह्योल्मो ,उर्केन शेर्पा,  पासाङ् शेर्पा ल्हमु शेर्पालाइ पूर्व अध्यक्ष सुन्दर लामा तामांगले स्वागत तथा सपथ ग्रहण समेत गराउनु भएको थियो |भने स्वागत मन्तब्य समिर स्याङबा ह्योल्मोले राखेका थिए 
 कार्यक्रम संस्थाकी  सचिब  पेमा डोमा ह्यल्मोले संचालन गरेकी थिइन |भने उक्त कार्यक्रममा मन्तब्य दिदै  पूर्व अध्यक्ष  (सुन्दर लामा तामांग )ले   पूर्व राजा ज्ञानेन्द्र,कमल थापा समेत पार्टीमा आए स्वागत गर्न आफु  तयार रहेको जानकारी दिनु भयो भीडीयो सहित
Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =