इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमूख आतिथ्यतामा  तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज तथा चौथा पूजाको अबसरमा सलोम नेपाल मुभमेन्ट सोसाइटीले तीज विशेष शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको प्रमूख आतिथ्यतामा आउदो अगस्ट २८ तारिख इजरायलको दुई बजे (नेपाली समय ४:४५बजे) जुम भर्चुअलमाध्यमबाट कार्यक्रम हुन गइरहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा इजरायलमा बस्दै आइरहेका सम्पूर्ण नेपालीलाई सहभागिताको लागि संस्थाका अध्यक्ष तिर्थ गौतमद्वारा सामाजिक सञ्जालमा राखिएको प्रेस निमन्त्रणामा आग्रह गरिएको छ ।

यस्तो छ निमन्त्रणा,जस्ताको त्यस्तै
नमस्कार अभिवादन यहाँहरु सम्पुर्णमा। हाम्रो परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटी द्वारा आयोजित नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज तथा चौथा पूजाको पावन अबसरमा इजरायलमा रहेका नेपालीहरुको अभिभाबक इजरायलका लागि नेपाली राजदूत श्री कान्ता रिजाल ज्यूको प्रमूख आतिथ्यतामा निम्न मिती समय र स्थानमा मनाउन गैइरहेको हुदा सबैमा जानकारी गराउदै उपस्थितको लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रा विभिन्न राष्ट्रिय चाडपर्वहरु मध्ये हरितालीका तीज नारीहरुले मनाउने एउटा महत्वपूर्ण र महान् चाड हो।नेपाली महिलाहरुले स्वतन्त्र र आनन्दमय पर्वका रुपमा मनाइने तीज सबै धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन। आफ्ना मनमा रहेका दुःख र कुण्ठाहरु गित, संगित र नाचका मार्फत अभिव्यक्त गरी रमाइलो गर्ने ।नेपाली महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी साथै माइतीको सम्झना र पवित्र सम्बन्धका रुपमा यो पर्वको ठुलो भूमिका रहेको छ । महिलाहरु आफु जन्मेको ठाउँ, घर, मातापिता, भाइबहिनी, दाजुभाइ समाज छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको गहन महत्व रहेको छ।त्यसैले इजरायलमा स्थापित राजनैतिक जातिय, धार्मिक,सामाजिक संघ ,संस्थाहरु, मिडिया कर्मी, बिद्यार्थी बुद्धिजीवी महानुभावहरु लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उक्त कार्यक्रममा सह्भागिताको लागी सलोम नेपाल मुभमेट सोसाइटी इजरायल परिवार हार्दिक निमन्त्रणा सहित उपस्थितको लागि अनुरोध गर्दछौ । मिती : 28अगष्ट 2022 समय : इजरायल समय 2:00 pm (4 ,45 pm ) नेपाली स्थान : zoom भर्चुअल। अध्यक्ष तिर्थ गौतम सलोम नेपाल मुभमेट सोसाईटी परिवार।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =