किराँत याक्थुङ चुम्लुङ इजरायलद्वारा चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८२ मनाउने !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

किराँत याक्थुङ चुम्लुङ इजरायलले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८२ मनाउने भएको छ !

आउदो डीसेम्बर ९ २०२२ शुक्रबार साझ तेलअबिबमा रहेको याद खरुचिम १५मा विशेष पुजाका साथ विभिन्न साङगितिक कार्यक्रम सङै मनाउन गइरहेको आयोजक संस्थाले जानकारी दीएको छ !

कार्यक्रममा उपस्थित हुन सुचना जारी गर्दै इजरायलमा स्थापित सामाजिक,धार्मिक, संस्कृतिक,राजनितिक, संघ संस्था, संगठन, मिडियाकर्मि,बुद्धिजिबि,शुभेच्छुक, शुभचिन्तक, लगायत इजरायलबासी याक्थुङ ( लिम्बू ) तथा नेपाली दाजुभाइ दिदिबहिनीहरुमा अनुरोध गरेको छ !

सूचना जस्ताको त्यस्तै

 

|| सुचना तथा हार्दिक निमन्त्रणा ||

सेवाराे……🙏

किराँत याक्थुम चुम्लुङ इजरायलद्वारा गएकाे बर्षहरू झै यस बर्ष पनि आदिवासी याक्थुङ ( लिम्बू ) नेपालीहरूकाे माैलिक महान राष्ट्रिय चार्ड चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८२ आगामी ९ डिसेम्बर २०२२ शुक्रबार साझ YAD KHARUCHIM EVE PARTY PLACE मा मनाउन गइरहेको हुँदा, यसै सुचना मार्फत इजरायलमा स्थापित सामाजिक,धार्मिक, संस्कृतिक,राजनितिक, संघ संस्था, संगठन, मिडियाकर्मि,बुद्धिजिबि,शुभेच्छुक, शुभचिन्तक, लगायत इजरायलबासी याक्थुङ ( लिम्बू ) तथा नेपाली दाजुभाइ दिदिबहिनीहरु सम्पूर्णमा जानकारी गराउदछाैं ।
प्रकृती पुजक याक्थुङ ( लिम्बू ) हरूले चासाेक तङ्नाम ( उधौली/न्वागी पुजा ) याक्थुङ ( लिम्बू ) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा पाइन्छ, यसकाे अर्थ आफुले लगाएकाे अन्नबाली पाकेर भण्डारण गर्न भन्दा पहिले ती सबै अन्नहरूले अर्को अन्नबाली तयार नभएसम्म खानु पुग्ने सह बसोस, भण्डारण गरेको अन्नहरूमा किरामिरा घुन नलागाेस, नयाँ अन्न ग्रहण गर्दा हामीलाई कुनै किसिमको रोग व्याद हैजा नलागोस भनी घाम,जुन,धर्ती,आकाश,देवी, देउराली,खाेला नाला बन जंगल आदिलाई पुकारी माङलाई चढाउने प्रचलन परापुर्वकाल देखि नै चलिआएको छ।
तसर्थ याक्थुङ ( लिम्बु ) हरूकाे माैलिक संस्कार,संस्कृति,रीतिरिवाज, आदि बुझ्न र बुझाउन साथसाथै याक्थुङहरूकाे माैलिक नाच ( के लाङ ) धान नाच ( या:लाङ ) लगायत विभिन्न नेपाली सांगीतिक कार्यक्रम मनाेरञ्जनको साथमा रम्न रमाउन यहाँहरू सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक चुले निमन्त्रणा गर्दछाैं, नाेगेन/धन्यवाद ।

मिति : ९ डिसेम्बर २०२२ शुक्रबार
समय : ६:३० बजे साझ
स्थान : ( Yad Harutsim 15 EVE Party Palace

किराँत याक्थुङ चुम्लुङ इजरायल परिवार।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ two = 1