ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी मनाउने !

इजरायल बिसेष

तीनजुरे अनलाइन /

“राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान “भन्ने मूल नाराका साथ स्थापना भएको ॐ जन जागरण इजरायलद्वारा श्रीकृष्ण जन्मअष्टमी अगस्ट २३ तारीख शुक्रबार साँझ वोल्फ सन ६६ मा मनाउने भएछ छ ।

सूचना जस्ताको त्यस्तै

“राष्ट्र,राष्ट्रियता स्वाभिमान र मौलिक धर्म संस्कार संरक्षणको अभियान ” सम्पुर्ण इजरायलमा रहनुहुने हिन्दुधर्मावलम्बी तथा गुरुजन, मान्यजन ,आदारणीय दाजुभाई ,दिदीबहिनीहरुमा ॐनमो नारायण ! यहि आउँदो अगस्ट २३ तारीख शुक्रबार साँझ ॐ जन जागरणको मूल आयोजनामा तेलअभिबमा बालगोपाल रासलिला धारी , भू भारहारी,भगवान कृष्णको शुभजन्मोत्सवको अवसर पारेर श्रीकृष्ण जन्मअष्टमी सव्य र भब्यरुपमा मनाईने गुरुजन सम्पुर्ण भक्तमहानुभावज्यूहरु साथै इजरायलमा रहनुहुने दाजुभाई , दिदीबहिनीहरुमा सहर्ष जानकारी गराउन चाहन्छौ ! यस कार्यक्रममा श्रीकृष्ण ब्रतकथा , भजनकृतन , राधाकृष्ण लिला एवम भगवानको प्रसाद ग्रहण कार्यक्रम रहेकोले सम्पुर्ण हिन्दुधर्वलम्बिज्यूहरु साथै धार्मिक मनहरु र इजरायलमा रहनुहुने भक्तविद महानुभावज्यूहरु, उपस्थित भै पुण्य अवसरको लाभ उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ ।साथै इजरायलमा रहेका सम्पुर्ण संघसंस्था,धार्मिक संस्था,भातृसंगठन , साहित्यिक ,सामाजीक ,जनजाति विभिन्न संघसंस्थाहरु तथा अनलाईन पत्रकार ,मिडिया कर्मि लगायत इजरायलवासि सम्पूर्ण दाजुभाई,दिदिबैनि हरुमा गरीमामय उपस्थितको लागी हार्दिक आमन्त्रण गर्दछौ !! श्रीकृष्ण जन्मअष्ठमी पुजा गरीने:- स्थान :- हार्चियन २४ समय:- ७ बजे बेलुका ॐ जन-जागरण इजरायल परिवार !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirty seven − = 32