झापाली समाज इजरायलको तेश्रो अधिवेशन हुने |

इजरायल बिसेष

इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ । गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५ बाट २०१९/२० को नयाँ कार्यसमिति पाउने भएकोछ ।

तत्कालिन भोला थापाको नेत्रित्वमा २०१५ मा इजरायलमा स्थापना भएको समाजले ललितचन्द्र बजगाई हुदै हाल गणेश गौतम सागरको नेत्रित्वमा सक्रियरुपमा बिभिन्न सामजिक कार्य गर्दै आईरहेको छ । समाजका अध्यक्ष गणेश गौतम सागरले अधिवेसनको सम्पूर्ण तयारी लगभग पुरा भएको र अब बन्ने समितिले अझ धेरै सामाजिक कार्यमा सकृय रहने भएको हुदा इजरायलमा रहेका धेरै भन्दा धेरै झापालीहरुलाई तथा गैर झापालीहरुलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई भब्य बनाउन अनुरोध गरेको कुरा ब्यक्त गरेका छन् ।

 अधिवेशन मूल आयोजक समितिका संयोजक तथा समाजका संरक्षक जय ओडारीका अनुशार हुनगई रहेको उक्त अधिवेसन कार्यक्रममा भर्खरै इजरायलमा आउनु भएको नव नियुक्ति महामहिम नेपाली राजदुत डा. अन्जान शाक्यलाई समाजका तर्फबाट स्वागत गर्ने कार्यक्रमपनि तय गरिएको बताएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = 4