रासकोट अस्पतालको सहयोगार्थ,इजरायलमा “तिज महाेत्सव २०७६” काे आयाेजना !

इजरायल बिसेष

इजरायल

झापाली समाज इजरायलको मुख्य आयोजना तथा इजरायलमा स्थापित बिभिन्न नेपाली संगठन र समाजहरुको आयोजनामा बृहत तीज कार्यक्रमको आयोजना गर्न लागिएको हो । | नेपाली नारीहरुको महानपर्व हरितालिका तिज २०७६ को अवसरमा  “तीज महोत्सव २०७६” कार्यक्रमको आयोजना हुने भएको छ ।

रवि लामिछाने फाउन्डेसनले कर्णालीमा बनाउदै गरेको रासकोट अस्पताल सहयोगार्थ आयोजना गर्न लागेको यस कार्यक्रममा नेपाली राष्ट्रिय ५ चर्चित कलाकार इजरायल जाने भएका छन् जसमा पछिलो समय निकै चर्चा कमाएकी गलबन्दीकि लोक गायिका शान्तिश्री परियार, चर्चित भर्सटायल गायक प्रमोद खरेल, हिमाल सागर र चेतन सापकोटा साथमा पछिल्लो युवा जमातले निकै मनपराएकी गायिका टिका प्रसाई रहेका छन् ।

आउदो अगष्ट ३०, शुक्रबार २०१९ इजरायल स्थित तेलअविभ युनिभर्सिटी हलमा आयोजना तयारी थालिएको कार्यक्रम संयोजक दिपक प्रसाद ओलीले जानकारी दिए । उनका अनुशार यस पटकको कार्यक्रमलाई अत्यन्त मनोरन्जनात्मक बनाउन आयोजक हरदम लागी परेको र लाग्ने बताएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty one − fifty three =