किरात याक्थुङ चुम्लुङ इजरायलद्वारा गीतकार अवार्ड २०१९ को आयोजना !

इजरायल बिसेष

तेलअविव – किरात याक्थुङ चुम्लुङ इजरायलले गीतकारहरुको सम्मानार्थ , हौसला र उत्प्रेरणाको लागि KYC गीतकार अवार्ड  २०१९ आयोजना गर्ने भएको छ |

गीतिलेखन बिधामा योगदान दिदै आउनु भएको अथवा भर्खरै गीतिलेखन सुरु गरि गीत संगीतको क्षेत्रमा इटा थप्दै गर्नुहुने सम्पुर्ण श्रष्ठा सर्जकहरुको  उत्कृष्टको  पनि सर्बोत्कृष्ट गितका गितकारलाई  जुलाइ 12 तारिख शुक्रबार साझ बिजेता घोषणा गरि स सम्मान अवार्ड  प्रदान  गर्ने निर्णय गरेको आयोजक समिति “कियाचु इजरायलले सुचना जारी गर्दै जानकारी दिएको छ |

सुचनाको पुर्ण अन्श जस्ताको तस्तै

सुचाना ! सुचना !! सुचना !!!

सेवारो, नमस्कार, सम्पुर्ण इजरायलबासी साहित्य सर्जक तथा गीतकार ज्युहरु साथै सबै नेपाली तथा नेपाली भाषी  प्रिय मित्रजन साथै सम्माननिय व्यक्तित्व ज्युहरुमा | 

 गीत संगित र कला हाम्रो जिन्दगी हो, हामी मानब जिबनमा यहि गीत संगीत संगीतले कोलाहलमा कती  समधुर छाएको हुन्छ, यहि गीत संगीतले जिउन सिकाएको हुन्छ , दुख सुख,  हासो रोदन, पीडा र संघर्ष जसरी जिन्दगीको गहनाहरु हुन त्यसरिनै  गीतले त्यही कुराहरु गाइरहेको हुन्छ | 

जिन्दगीले गीत जन्माउछ अनि गीतले त्यही जिन्दगी गाउछ ।  यस्तो  जिन्दगीलाई सजाइ रहने गीतको सृजना केवल गीतकारबाटै सुरु हुन्छ,  तर जब गीत बन्छ गायक तथा संगीतकारको जस्तो उच्च सम्मान गीतकारको नभै गितकार सधै ओझेलमा परेको देखिन्छ । तसर्थ  “किरात याक्थुङ चुम्लुङ इजरायल”ले गीतकारहरुको सम्मानार्थ , हौसला र उत्प्रेरणाको लागि KYC गीतकार अवार्ड  २०१९ आयोजना गर्न गहिरहेको हुदा , गीतिलेखन बिधामा योगदान दिदै आउनु भएको अथवा भर्खरै गीतिलेखन सुरु गरि गीत संगीतको क्षेत्रमा इटा थप्दै गर्नुहुने सम्पुर्ण श्रष्ठा सर्जक ज्युहरुको  उत्कृष्टको  पनि सर्बोत्कृष्ट गितका गितकारलाई   जुलाइ 12 तारिख शुक्रबार साझ बिजेता घोषणा गरि स सम्मान अवार्ड  प्रदान  गर्ने निर्णय आयोजक समिति ” कि या चु इजरायल परिवार” ले गरेको छ । यसै सन्दर्भमा यो”  किरात याक्थुङ चुम्लुङ इजरायल गीतकार अवार्ड २०१९” आयोजना बाट पर्ने सकारात्मक तथा नकारात्मक असरको जिम्मेवारी नेपाल सरकार अथवा गीतकार संघ नेपाल अथवा कुनै अन्य संघ संस्था ,संगठन जवाफदेही,  नभई आयोजक समितिनै पुर्णरुपमा यसको जिम्मेवारी लिने सर्तमा आयोजना गर्ने भएको छ । प्रवासभुमी इजरायलको काम तथा समयलाई मध्यनजर गर्दै” KYC गीतकार अवार्ड “को निम्ति  आयोजकले केही आफ्नै नियम तथा परिधीहरु  निर्धारण गरेको छ , जुन हाम्रो गीतकार ग्रुपमा रहेको छ , यदि यहाँहरु कोहि छुट्नु भएको छ र यस कार्यक्रममा सामेल हुन चाहनु भएको भए हामीलाई तुरुन्त सम्पर्क गरि गीतकार ग्रुपमा सामेल हुनुहुन अनुरोध गर्दछौ।

यहाँहरुमा यो आयोजनासंग सम्बन्धित कुनै पनि किसिमको जिज्ञासा भए सिधै  आयोजक समितिसंग सम्पर्क गर्न सक्नुहुनेछ । अथवा 

आयोजक समिति संम्पर्क : 

कुमार आङ्देम्बे (अबि) 

0543462324, 

राज आङ्देम्बे लिम्बु

0545246860 

जय गित जय संगीत …..

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× two = six