“चितवनको बिकाश र सामाजिक भावना, समाजको एकता समृद्धिको चाहना “भन्ने नाराका साथ स्थापना भएको चितवन समाज इजरायलको चौथो अधिवेशन अगस्ट ३१ तारिक ओल्फ्सोन ६६ तेलअबिभमा बिहान ११ बजे बाट हुने भएको छ ।
बिदेशकाे ठाउँमा रहेर पनि चितवन साथै नेपालमा भइपरी आउने साना वा ठुला समस्याहरूमा एकजुट भइ सहयाेग प्रदान गर्ने, नेपालमा आइपर्ने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलाई सकेकाे आर्थिक , भाैतिक सहयाेग गर्ने उदेश्यका साथ इ.स.२०१४ मा स्थापना भइ विभिन्न पिडित लाइ सहयोग गर्दै आएको छ !
हरितालिका तीज लाइ मध्य नजर गर्दै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका सम्पन्न हुने कार्यक्रममा इजरायलमा कार्यरत समाजसेवी , बुद्धिजीवी , पत्रकार बिभिन्न संघ संस्था लगायत सम्पुर्ण नेपालीभाषी दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिति भई कार्यक्रमलाई भब्य र सभ्यरुपमा सफल पारिदिनुहुन चितवन समाज इजरायल परिवारले अनुरोध गरेको छ !