किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा नेपाली चलचित्र “जारी ” इजरायलमा प्रदर्शन हुने !

इजरायल बिसेष

इजरायल!
कवि तथा लेखक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जारी’ इजरायलमा प्रदर्शन हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा आउदो मे १३ तारिख शनिवार इजरायलको समय दिउसो १२:३० बजे देखी वाइजमान साठी (weizman 60) तेल अभिबमा उक्त चलचित्र प्रदर्शन गर्न लागीएको किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा लिम्बुले जानकारी दीएकी छन !

परदेशी भुमिमा रहेर पनि लामो समय देखी आफ्नो कला संस्कृति जगेर्ना गर्न निरन्तर लागी रहेको किरात याक्थुङ चुम्लुङ इजरायलले १ हप्ता अघि मात्र नेपालमा प्रदर्शन सुरुवात गरेको लिम्बु मौलिकतालाई दर्शाएको ” जारी “नेपाली चलचित्र इजरायलमा समेत प्रदर्शन गर्न लागेको हो !

उक्त चलचित्रका लागी टीकट लिम्बु समुदायको लागी १५० सेकेल अन्य लाई १३० सेकेल राखीएको छ त्यस्तै उक्त हल सम्म जान आउन बिहान ११ बजे तेलअभिव लेभनिस्की पार्क बाट बसको ब्यबस्था रहेको बताईएको छ !

बैशाख १ गतेदेखि रिलिज भएको फिल्मलाई कबड्डी फेम्ड निर्माता रामबाबु गुरुङले निर्माण गरेका हुन् । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बु समुदायमा विद्यमान जारी प्रथाको कथावस्तुमा बनेको फिल्मको शीर्ष भूमिकामा दयाहाङ र मिरुना छन् ।

ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतको अभिनय छ । उपेन्द्रको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।
बाँसुरी फिल्म्सको प्रस्तुती र कबड्डी फिल्म्सको सहकार्यमा निमाूण भएको फिल्ममा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =