इजरायलमा हुने नयाँ बर्ष साङ्गितिक  धमाका २०७९ सफल बनाउन नेपाल बाट आमन्त्रित कलाकारहरु इजरायल आइपुगे !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
इजरायलमा ८अप्रिल साझ हुने
नयाँ बर्ष    साङ्गितिक  धमाका २०७९  सम्पन्न गराउन राष्ट्रिय कलाकारहरु   सि डी बिजय अधिकारी , चर्चित गायीका  रचना रिमाल लगायतका कलाकारहरु बिहिवार दिनको २ बजे  इजरायल आइपुगेका छन !

एनआरएनए एनसिसी इजरायलको आयोजनामा  नयाँ बर्ष २०७९ को विशेष अबसरमा इजरायलको तेल अबिब शहरको  हाहगना  १३५ स्थित वेतबारवर हलमा भब्य प्रस्तुती दिन इजरायलको बेन्गुरियन एयरपोट आइपुगेका कलाकार लाइ स्वागत गर्न  एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरि एन सि सि सदस्य बिशाल ज्ञवालि लगायतले एयरपोटमा भब्य स्वागत गरेका छन !

आमन्त्रित राष्ट्रिय कलाकारहरु गायक  सि डी बिजय अधिकारि,  गायीका रचना रिमाल, लगायतले शुक्रबार हुने कार्यक्रममा उपस्थीत  हुन सम्पुर्ण नेपालीलाई अनुरोध समेत गरेका छन !

इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुको लागि एनआरएनए एनसिसी इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत कोष वृद्धिको लागी आयोजना गरिएको उक्त कार्यक्रममा कोभिड १९ को विश्व महामारीको लामो समय पछी इजरायलमा  भब्य रुपमा नयाँ बर्षको सुभकामना आदानप्रदान सङै साङ्गितिक
धमाका  हुन लागेको एनआरएनए एनसिसी इजरायलका अध्यक्ष गणेश गिरिले तिनजुरे अनलाइनलाई बताएका छन !

आयोजकका अनुसार नयाँ बर्ष सांगितिक धमाका २०७९ विशेष गरी नेपाली नयाँ बर्ष १५ अप्रिलमा परे पनि यहुदीहरुको विशेष धार्मिक पर्व पेशाख पनि सोही दिन परेका कारण अधिकांश नेपाली तथा नेपालीभाषीहरुलाई असुविधा हुने भएकाले अघिल्लो साता ८ अप्रिल  शुक्रबार नै आयोजना गरिएको बताएका छन् ।

अप्रिल ८ तारिख साँझको ७ बजेदेखि कार्यक्रम शुरु गरिसक्ने  गरी तयारी थालिएकोले सम्पूर्ण नेपालीहरुमा समयमै उपस्थितिकोलागि अनुरोध गर्दै कार्यक्रममा जानकोलागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको बताउनुहुदै कार्यक्रम संयोजक सुमी थापाले कार्यक्रम विशेष हुने भएकोले  समस्त मिडियाकर्मी तथा सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघ-संस्थाहरुको  साथ सहयोगको अपेक्षा समेत गरिएको बताएकी छन !

त्यस्तै भोलि पल्ट सनिवार आमन्त्रित कलाकार सङै संसारकै होचो ठाँउ  मिर्तसागर   लगायतका इजरायलका रमणीय तथा धार्मिक ठाउको भ्रमण  समेत रहेको आयोजकले जानकारी दीएका छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten × 1 =