युएईमा अलपत्र परियारलाई नेपाली जनसम्पर्क समितिद्वारा नेपाल फिर्ता

समाचार

आरपी सहयात्री

युएई- वैदेशिक रोजगारीको क्रममा युएईमा अलपत्र अवस्थामा रहेका सुर्खेत जिल्लाका पुस्कर परियारलाई नेपाली जनसम्पर्क समितिले उद्वार गरी नेपाल फर्काएको छ । आफ्नो साथमा रहेको पासपोर्ट हराएका परिवार विगत ३ महिनादेखि अलपत्र परेको अवस्थामा पार्कमा सुतेर दिन काटेर बसेका थिए । नेपाली जनसम्पर्क समितिका पदाधिकारीले पार्कबाट उठाएर नेपाली दूतावासको सम्पर्कमा लगेर उद्दार प्रक्रिया थालेको युएईका सामाजिक अभियन्ता तथा नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रीय सभापति दुर्योधन कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार परियारको नेपाल फिर्तीको लागि आवस्यक रकम करिब २ हजार दिराम (नेपाली ६२ हजार रुपैयाँ) पनि नेपाली जनसम्पर्क समितिले जुटाएको थियो । परियार २९ अगस्टको हिमालयन एयरलाइन्सबाट नेपाल फर्किसकेका छन् । यस उद्दार काममा सहयोग गर्ने नेपाली जनसम्पर्क समिति युएई, ग्रीनलाइन ट्राभलका संचालक ठाकुर ढुङ्गाना, अमृत कुबर, नरेन्द्र बेलबासे, कृष्ण गौतम, निर्मल पोखरेल, सुमन पराजुली, फडिन्द्र दाहालले विशेष सहयोग गरेको एनआरएनए आरसीसीका अबुधाबीका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले बताएका छन् ।

परियारको नेपाल फिर्तीका लागि प्रसाशनिक कार्यमा सहयोग गर्ने नेपाली राजदूतवास, अबुधाबीका श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल लगायत दूतावास टिमलाई नेपाली श्रमिकको समस्यालाई समाधान गर्न योगदान गरेकोमा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवानी तिमिल्सिनाले आभार प्रकट गरेको जानकारी दिएका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ one = 10