नेवा.खल. इजरायलको आयोजनामा नेपाल सम्बत ११४१ न्हु दँ साथै स्वन्ति नख: म्ह :पुजा सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भाषा कला सस्कार संस्कृती को जगेर्नाको लागी स्थापना भएको राष्ट्रिय नेवा: खल: ईजरायलले  नेपाली मौलिक संबत ११४१ स्वन्ति नख: न्हु दँ   एक कार्यक्रमका साथ सम्पन्न गरेको छ !

गत साता  जुम अनलाइन मार्फत कार्यक्रमका प्रमुख अतिथि महामहिम  राजदूत  डा अन्जान शाक्य, सभापति  अध्यक्ष बिमला श्रेष्ठ  लगायत इजरायलमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष प्रतीनिधि लगायतको उपस्थित रहेको थियो !

त्यस्तै गत सोमबार   म्ह :पुजा हर्चियोन १२ मा सम्पन्न भएको छ !कोरोनाको कारण बिगत बर्षहरुमा   भब्य रुपमा गर्दै आएको नया बर्ष सुभकामना आदानप्रदान यस बर्ष  इजरायल सरकारले कोरोना सम्बधि सुचित गरेको नियमहरुको पालना  गर्दै  भिड भाड  नगरी        सिमित नेपाली     मात्र उपस्थित भई सम्पन्न  गरेको  संरक्षक नरेश कुमार श्रेष्ठले जानकारी दिनु भयो !

सो अवसर राष्ट्रिय नेवा: खल: ईजरायलकी  निबर्तमान अध्यक्ष  मनु श्रेष्ठ लाई अघिल्लो कार्यक्रम उत्कृष्ट सम्पन्न गरेको भन्दै दोसल्ला तथा सम्मान पत्रले  समानित गरिएको थियो  !सम्पुर्ण समितिमा परिवार लाइ प्रमाण पत्रले सम्मान गरिएको थियो !कार्यक्रम  संचालिका महासचिव राजकुमारी श्रेष्ठ तथा सचिब ज्योती प्रधानले गरेका थिए !

कार्यक्रममा नेपालको मौलिक संबत नेपाल संबतलाई  नेपालको संविधानले राष्ट्रिय सम्वत घोषणागरि सके पनि
दैनिक प्रचंलन मै ल्याउन नसकीएकोले   nrna ncc ईजरायल लगायत राजनितिक भातृ सस्थाहरुलाई ज्ञापन पत्र बुजाईएको थियो !

“म्ह पुजाको महत्त्व “

 चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = six