नेपाल मगर संघ शाखा  इजरायलद्वारा    माघे सक्रान्ति (माघ्या  सकराटी) को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम   बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाको आयोजनामा माघे सक्रान्ति (माघ्या  सकराटी) ५०१४ ( २०७७ )को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ !

हरेक बर्ष नेपाल देखी राष्ट्रिय कलाकार हरुलाइ निमन्त्रणा गरि विभिन्न कार्यक्रमका साथ हल तथा पार्टी प्यालेसमा उपस्थित भई भब्य रुपमा मनाउने भए पनि यो पटक भने कोरोना भाइरस covid 19को प्रभाबको कारण अनलाइन एप्स जुम मार्फत कार्यक्रम गर्न लागीएको नेपाल मगर संघ इजरायलशाखाका महासचिव बिबस आले मगरले जानकारी दिनु भयो !

आउँदो जनवरि१५ शुक्रबार बेलुका ५बजे देखी सुरु हुने उक्त कार्यक्रममा इजरायलमा स्थापित सम्पुर्ण  संघ ,संस्थाहरु ,मिडियाकर्मी नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पुर्ण  भातृसंस्थाहरु ,बैदेशिक संगठनहरु ,बुद्धिजीवी ,अग्रजहरु ,  लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण  नेपालीभाषी दिदीबहिनी ,दाजुभाईहरुलाई  उपस्थितको जुम भर्चुअल मार्फत सहभागीताको लागी आयोजक नेपाल मगर संघ शाखा  इजरायल हार्दिक अनुरोध समेत गरेको छ !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = forty