मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी कृष सुनार!

Uncategorized

तिनजुरे अनलाइन !

मानवको लागि मानव सहयोग केन्द्र चितवनको अन्तरास्ट्रिय संयोजनमा यु ए ई का लागी तनहुँका  कृष सुनार छनौट भएका छन !

मानवको लागि मानव सहयोग  भन्ने  उदेश्यले २०७७ मङ्सिरमा स्थापना भएको यस संस्थामा अनाथ ,असहाय ,बलात्कृत नाबालिका,बेबारिसे वृद्ध बृद्धाहरु, लागु औसद देखि ग्रसित ब्यक्तिहरु लाइ संस्थाले ब्यबस्थापन गर्दै आएको छ !

सहकार्य गर्ने जिम्मेवारी सहित दुबई  अन्तर्राष्ट्रिय संयोजकमा चयन हुन  पाउँदा निकै खुसी लागेको कृष सुनारले सामाजिक संजालमा लेखेका छन !

वैदेशिक रोजगारी को सिलसिलामा खाडीमा लामो समय बिताएका  युवा सामाजसेवि तनहुँ बासी युएईमा रहेर धेरै सस्था सग दुख अप्ठ्यारोमा सहकार्य गर्दै हाल तनहुँ सेवा समाज युएईको उपाध्यक्षमा हुनुहुन्छ उहाँ ले पछिल्लो समय चितवन खैरेनी टोप बहादुर बिकलाइ सुनाईएको    ब्लड मनिमा पनि  निकै जिम्मेवारीपूर्वक आफ्नो सामाजिक कर्तव्यबोध गरेका थिए !

युएईमा हरेक सामाजिक गतिविधिमा सम्लग्न कृषले  जल जला परियार, मोरङकी  मिर्गौला पीडित  उर्मिला बानियाँ लगायत आफ्नो गाउँमा बिपन्न छात्राछात्रहरु लाई सहयोग गर्दै धेरै नेपालिको पिडामा मल्हम पट्टि बन्ने काम गरेका छन !

मानवको लागि मानव सहयोगी केन्द्र चितवन को अन्तर्राष्ट्रिय संयोजनमा  गत  २६ जनवरीमा नियुक्त भएका कृषले वृद्ध आमा बुबा ,अपाङ्ग दिदिबहिनी लागू औसध दुर्बेसनमा फसेका आश्रममा जिबन बिताई रहेका पीडितहरु लाई सहयोग स्वरुप दशहजार सहयोग गर्दै आगामी दिनमा सस्थालाई अझ प्रभावकारी मजबुत बनाउने प्रतिबद्धता सङै सामाजिक आर्थिक दुबै तरिकाले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको सचीव आंकाक्षा पोखरेलले जानकारि दिनु भयो !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− three = six