नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलको पहलमा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

मनोरञ्जन परोपकार लगानी  क्षेत्रको पहिचान नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल उदेश्यका साथ स्थापना भएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलद्वारा विभिन्न पीडितहरुलाई दुई लाख असि हजार सहयोग गरेको छ !

परदेश भुमिमा रहेर जन्मभुमिमा भईपरी आउने समस्यालाइ सहयोग गर्ने उदेश्यले गत तिहारमा जुम भर्चुअल बाट देउसीभैलो कार्यक्रम- २०७७ को आयोजना गरेर देउसीभैलो खेलि  ६९ जना सहयोगीहरुले सहयोग गरेका थिए !

उक्त कार्यक्रम मार्फत संकलन भएको रकम रुपन्देही सैनामैना निवासी करेन्ट लागेर कम्मर देखि तलको हर नचल्ने  असोक घिमिरे लाई बिस हजार ,पर्बत जिल्ला फलेबास निबासी रुखबाट लडेर ढाड भाचिएका लक्ष्मी जैसी तिवारीलाई बिस हजार,तेह्रथुम जिल्ला छथर गाउपालिका दुबै मृगौला पीडित सौरभ लिम्बूलाई तिस हजार, गोर्खा मजुवा देउरालीका ब्रेन ट्युमर क्यान्सर पिडित टेक बहादुर तामाङलाई सत्तरी हजार ,
भोजपुर हेलौछाका दुबै मृगौला फेल भएका सुर्य बहादुर तामाङलाई चालिस हजार ,काठमाडौ नागार्जुनका आखाको क्यान्सर पीडित असिम अधिकारीलाइ एक लाख गरि दुई लाख असि हजार सहयोग हस्तान्तरण गरिएको उक्त रकम हस्तान्तरण कार्यक्रममा केन्द्रीय अध्यक्ष जीवन राज वन्त ,महासचिब अर्जुन बस्नेत ,सचिब दिपु ढकाल ,संरक्षक रामशरण बानिया, सदस्य तेज बहादुर श्रेष्ठ ,सल्लाहकार गणेश जि सि लगायतको उपस्तिथि रहेको थियो !                                               त्यस्तै रेडियो नमस्ते नेपालबाट संचालित अनलाईन जुम भर्चुअल कार्यक्रमको २५ औं भाग पुगेको अबसरमा प्रमुख अतिथि इजरायलका लागी नेपाली राजदुत डा:अन्जान शाक्यको सहभागीतामा देउसि भैलो कार्यक्रममा सहयोग गर्नुहुने सहयोगीहरुलाई नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको तर्फबाट प्रशंसा – पत्रले सम्मान गरिएको नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिती इजरायलकी अध्यक्ष चिनु सुबेदि ले जानकारी दिनु भयो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty eight − forty two =