प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव सम्पन्न  !

समाचार

तिनजुरे अनलाइन !

प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव गत बुधबार  जुम अनलाइन मार्फत नेपाली   राजदुतावास इजरायलकि महामहीम राजदुत डा:अन्जान शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ !

बरिष्ठ उपाध्यक्ष्य साबू भट्टराइको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष निर्मला दाहाल पौडेल   सभापति रहेकी थिइन !

समुहकी संरक्षक तथा सस्थापक अध्यक्ष  माला योन्जन तामाङ, रास्ट्रीय गायक  सी डी बीजय अधिकारी, गायिका मनीषा राई, गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परीषद इजरायलका अध्यक्ष गणेश गीरी, आदिवासी जनजाती महासंघ इजरायल की  अध्यक्ष  पेम्बा डोल्मा ह्योल्मो ,समुहका प्रमुख सल्लाहकार  सुमन कार्की ,समुहका सल्लाहकार  दुर्गा प्रसाद चापागाईं  ,समुहकि सल्लाहकार श्रीमती सुमीत्रा भन्डारी , लगायत समुहकी नीबर्तमान सल्लाहकार श्रीमती सरीता रीजाल लगायत  विशेष अतीथी रहेका थिए !

डोल्मा गोले तामाङ र सन्तोषी  खड्का ले सन्चालन गरेको उक्त कार्यक्रममा रास्ट्रीय गायक  सी डी बीजय अधिकारी, गायिका मनीषा राई, साथै स्थानिय कलाकार द्वारा सांगिटिक मनोरञ्जन गराएका थिए !

समुहकी प्रथम  उपाध्यक्ष्य पबीत्रा चापागाईंले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमकी सभापति श्रीमती नीर्मला दाहाल पौडेल ले कार्यक्रमको समापन गर्दै इजरायलमा स्थापीत विभिन्नधार्मिक ,सामाजिक ,राजनीतिक,जातीय ,कला तथा साहित्य संघ सस्था लाइ धन्यवाद दिदै कार्यक्रम समापन गरेको प्रवासी सृजनशिल महिला समुह
इजरायलकी सचिब डोल्मा गोले तामाङले जान्कारी दीएकी छन !

प्रवासी सृजनशिल महिला समूह इजरायलले नेपालमा भई परी आउने समस्यालाइ स्थापना काल देखीनै सहयोग गर्दै आएको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ = seven