प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव हुने !

Uncategorized

तिनजुरे अनलाइन !     प्रवासी सृजनशिल महिला समूह इजरायलको  पाँचौं वार्षिकोत्सव राष्ट्रिय कलाकारको सहभागीतामा  मनाउने तयारी भएको  छ ।

आउदो १७ मार्च वुधवार वेलुका  साढे ८ बजे देखि संचालन हुने उक्त कार्यक्रममा
द भ्वाइस अफ नेपाल सिजन १ का बिजेता गायक सिडी बिजय अधिकारी, गायिका मनिषा राई र स्थानीय कलाकारहरुको साथमा गीत संगीतबाट पनि भरपुर मनोरन्जन गरिने आयोजकले जानकारी दिएका छन !

कोरोना प्रभाबको कारण अनलाइन एप्स  जुम भर्चुअल मार्फत पाचौं वार्षिक उष्सब  मनाउने तयारी गरिरहेकोहो  “महिला स्वालम्वन तथा समाजसेवा” भन्ने मुल उद्देश्यका साथ इजरायलमा रहेका महिला दिदिबहिनीहरुद्वारा स्थापना भएको यस संस्थाले
नेपालमा भइ परि आउने समस्या लाइ सहयोग गर्दै आएको अध्यक्ष निर्मला दाहाल पौडेलले जानकारी दिनु भएको छ !

जुम मार्फत सम्पन्न हुने उक्त कार्यक्रम सफल बनाउन इजरायलमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि पत्रकार लगायत सम्पुर्ण नेपाली हरुमा अनुरोध गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ = twenty four