तिनजुरे अनलाइन! बर्षदेखी सामाजिक कार्यमा कृयासिल तिनजुरे मिडिया ग्रुप प्रवास नेपालद्धारा उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङकी भुमिका पाक्साँवालाई ४१ औ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
भुमिकाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएपछी भुमिका बचाउ अभीयान सञ्चालन गरीएको ग्रुपका अध्यक्ष देव बास्कोटाले बताउनु भयो । संकलन भएको ३४ हजार ५ सय रुपैयाँ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
भुमिकाको घरैमा पुगेर छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र पत्रकार प्रकाश पाक्साँवाले उनका आमा र्आतरानी लिम्बु र श्रीमान प्रितम गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो । ५ बर्ष अघी स्थापना भएको ग्रुपले बिभीन्न समस्यामा रहेका नागरिकहरुलाई १७ लाख बढी सहयोग गरी सकेको अध्यक्ष बास्कोटाले बताउनु भयो । भुमिकालाई उपचारमा सहयोग गर्नु हुने महानुभावहरुको नामावली यसप्रकार रहेको छ ।
१.देव बास्कोटा ३,०००/
२.सुकुराम पाखृन २,०००/
३.साजन लिम्बु २,५००/
४.कल्पना इम्सोङ ३,०००/
५.नेत्र खड्का २,१००/
६.गिता तुम्बाहाङफे २,१००/
७.खगेन्द्र गुरुङ २,०००/
८.प्रबिन आम्बुहाङ ३,१००/
९.सुशील खड्का ४,०००/
१०.बेदराज बिष्ट २,५००/
११. दिपसन लिम्बु १,०००/
१२.लता आङबुङ ३,६००/
१३.तुलसा तुम्बाहाम्फे ३,६००/
जम्मा ३४,५००/