चितवन समाज युएईको अधिवेशन सम्पन्न । अध्यक्षमा विजय अधिकारी सर्वसम्मत चयन ।

देश विदेश

तिनजुरे अनलाइन !

युएई-“प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि विजय अधिकारीको नेतृत्वमा एक कुझारु केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
चितवन समाज युएईको
अध्यक्षमा बिजय अधिकारी सर्वसम्मत चयन भएका छन् भने
उपाध्यक्षमा जगत क्षेत्री
र सीता सुवेदी रहेका छन् ।
यसैगरी महासचिवमा राम भट्टराई र सचिवमा सलिम मिया नियुक्त भएका छन् ।
कोषाध्यक्षको जिम्मेवारी दिपक शिवाकोटीलाई दिइएको छ भने
सह कोषाध्यक्षमा कमला बसेल सर्वसम्मत चयन भएका छन् । समाजको केन्द्रीय सदस्यहरुमा राज कुमार राई, झलक भट्टराई, मुनराज तामाङ, गोमा कडेल, शर्मिला थपलिया, अम्बिका सुबेदी, सन्तोष अधिकारी-अजमान, पुरुषाेत्तम काफ्ले-आबुधाबी रहेका छन् ।

अधिबेसन कार्यक्रमको अध्यक्षता समाजका निवर्तमान अध्यक्ष पर्सुराम घिमिरेले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल उपस्थित भएर कार्यक्रमको शोभा बडाएका थिए । अतितिहरुमा एनआरएनए युएई युवा संयोजक मदन अधिकारी र चितवन समाज युएईका पुर्व अध्यक्ष तथा का संरक्षक गणेश न्यौपाने उपस्थित थिए । । निर्बाचन समितीमा निबार्चन सम्योजक श्री रामचन्द्र बस्याल, रमेश सुवेदी र सुनिल पौडेलले गरेका थिए ।

वैदेशिक रोजगारीको लागि चितवन जिल्लाबाट युएई आएका सबै चितवनबासीहरुको साझा सामाजिक संस्थाले युएई र आफ्नो गृह जिल्लामा धेरै सामाजिक र मानवीय सहयोगका गतिविधिहरु गर्दै आएको छ ।
युएईमा समस्यामा परेका नेपालीहरु र विशेष गरेर चितवनबासीका समस्याहरु समाधानमा सक्रिय यो संस्था युएईका चिरपरिचित जिल्ला समाजको अग्रपंक्तिमा आउने गर्छ ।

चितवन समाज युएईले सल्लाहकार समितिको गठन पनि गरेको छ ।
चितवन समाज युएईलाई माया गर्ने, सही सल्लाह दिई मार्ग निर्देशन गर्ने अग्रजहरुबाटलाई सल्लाहकार समितिमा नियुक्त गरिएको छ । सहयोगी मन भएका अग्रजहरु मध्यबाट कार्यसमितिको पुर्ण सहमतिमा विशेष योगदान गरेका ब्याक्तित्वहरुलाई संरक्षक र सल्लाहकार समितिमा चयन गरिएको चितवन समाज युएईका अध्यक्ष विजय अधिकारीले जानकारी दिएका छन् ।
चितवन समाज युएईको संरक्षकमा समाजका निवर्तमान अध्यक्ष परशुराम घिमिरे रहेका छन् भने सल्लाहकार समितिको
प्रमुख सल्लाहकारमा पुर्व अध्यक्ष गणेश न्यौपाने र अन्य आठ जना
सल्लाहकारहरु गोबिन्द ढकाल, मदन अधिकारी, रमेश सुवेदी, सुनिल पौडेल, अस्मिता भुसाल, बिन्दु गिरी, राम चन्द्र बश्याल, राम चन्द्र न्यौपाने रहेका छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three ÷ = three