परराष्ट्रमन्त्री खड्काद्वारा अफगानिस्तानबारे नेपालको धारणा सार्वजनिक |

समाचार

काठमाडौं । नेपालले अफगानिस्तानमा उत्पन्न पछिल्लो परिस्थितिबारे मुख खोलेको छ। संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानबारे नेपालको धारणा सार्वजनिक गरेका हुन्।

अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले अफगानिस्तानमा तालिबानको आगमन नेपालका लागि चासोको विषय नभएको आशय व्यक्त गरेका छन्।

उनले तालिबानको आगमन आन्तरिक विषय भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय समुदायलाई उनले तालिबान सत्तामा आएको विषयमा नेपाललाई कुनै आपत्ति नरहेको सन्देश दिएका हुन्।

मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको पनि बताए। उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि बताए।

यद्यपि उनले आणविक हा,त,ह,ति,या,रको होडबाजी र आ,तं,क,वा,द मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले त्यसको वि,रोध गरिरहेको बताए। त्यसका कदममा नेपालकको साथ कहिल्यै नरहने स्पष्ट पारे।

महासभालाई सम्बोधनको क्रममा मन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक–सामाजिक असर पारेको बताउँदै, सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए।

नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री खड्काले सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको बताएका छन्।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =