स्थानिय नेपाली कलाकार हरुको साथमा इजरायलमा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ मनाईदै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा सोनाम ल्होछार सास्कृतिक साझ २०७८ को आयोजना गरिएको छ !                                                                                                  बौद्ध धर्मवालम्भी हरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५८ तग / च्यान ल्हो , अर्थात (बाघ वर्ग ) सोनाम ल्होछार को पावन अवसरमा आउदो फेब्रुअरी ११ तारिख तेलअबिब शहरको याद खरुचिम १५मा साझ साझ ६बजे देखी स्थानीय कलाकार गायक गायीका हरु सिताकुमारी घिसिङ ,लक्ष्मी गडतौला (बास्कोटा), दुर्गा बि. सि., सुर्य राना मगर, डम्बर गुरुङ, अञ्जु मोक्तान,प्रयाक थिङको साथमा भब्य मनोरञ्जन हुने भएको छ !

त्यस्तै विभिन्न गीतहरुमा नृत्यकारहरु आसिका तामाङ,रन्जना तामाङ, सपना पाखृन , बिजेता लामा को साथमा मनोरंजनात्मक बेजोड नृत्य प्रस्तुतिका साथ भब्य रुपमा सोनाम ल्होछार मनाउने तयारी भएको आयोजक संस्थाका महासचिब निङमा घिसिङ तामाङले जानकारी दीएका छन !

धर्म गुरुको बाहुल्यतामा बौद्ध परम्परागत विधिवद्ध संस्कृतिक( पुजापाठ )साथमा स्थानीय कलाकारहरुको मनोरंजनात्मक बेजोड प्रस्तुति रहने जानकारी गराएको छ ।

प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा,भेषभुषा लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, रिमठिम परम्परा आदिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले इ. स. २०१० मा स्थापना भएको हो !

उक्त कार्यक्रमलाइ सफल बनाउन आयोजक संस्थाले इजरायलमा स्थापित राजनीतिक, सामाजिक, धार्मिक, संघसंस्थाका अध्यक्ष प्रतिनिधि तथा इजरायलमा कार्यरत सम्पुर्ण नेपालीहरुमा उपस्तिथिका लागी निमन्त्रणा समेत गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety nine − = eighty nine