एनआरएनए-एनसिसी इजरायलले ११२ औं अन्तराष्ट्रिय नारी दिवश मनाउदै , जिटूजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपालीको समेत सहभागीता रहने !!

इजरायल बिसेष

तिनजुरे अनलाइन !गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले पछिल्लो समय १००० कोटा मध्यमा जिटूजी प्रक्रियाबाट इजरायल आइपुगेका नेपाली कामदारहरु सहितको उपस्थितीमा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ११२ औं अन्तराष्ट्रिय नारी दिवश मनाउने भएको छ ।

गत सोमवार संघका अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको समितिको नियमित बैठकले नारी दिवश सप्तान्त विदाको समयमा नपरेतापनि र इजरायलमा कोभिडको प्रकोप अझै पनि रहेका कारण जुम भर्चुअल अनलाइन बाटै विशेष अन्तरक्रियाको आयोजना गरी नारी दिवश मनाउने निर्णय गरेको हो ।

आगामी मार्च ८ मंगलवार दिनको ठिक १ बजेबाट शुरु हुने उक्त ११२औं अन्तराष्ट्रिय नारी दिवश विशेष अन्तरक्रिया कार्यक्रममा नव आगन्तुक नेपालीहरुसँग अन्तरक्रिया गरिने संघले जनाएको छ । जुम आइडी 2019081020 मा पासवर्ड विनै join हुन सकिने संघले बताएको छ ।

“नव आगन्तुक कामदारहरु पहिला जस्तो रेगुलर कामदारको रुपमा नभएको र डे केयर सेन्टर, हेल्थ क्लव जस्ता ठाउँहरुमा काम गर्दा अलिकति अन्यौलता भएको इजरायल सरकारका निकायहरुबाट गुनासाहरु हामीसम्म आइपुगेकाले बर्षौंदेखि काम गरिरहेका हामीसँग भएका केही अनुभवहरु शेयर गर्दा नव आगन्तुकहरुलाई केही सहजता हुने र प्रशिक्षण जस्तो पनि हुने विश्वासका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।” कार्यक्रमको बारेमा जानकारी दिनुहुदै संघका प्रवक्ता तेजेन्द्र गुरुङले बताउनु भयो ।

प्रवक्ता गुरुङले नेपाली राजदूतावासको उपस्थितीमा आयोजना गर्न लागिएको शो कार्यक्रममा इजरायलमा क्रियाशिल अन्य संघ संस्थाका प्रतिनिधी, समाजसेवी, संचारकर्मी साथीहरु लगायत समस्त नेपालीहरूलाई हार्दिक आमन्त्रण गर्नुभयो ।

त्यस्तै संघका सचिव अलि मोहम्मद मियाले नव आगन्तुक नेपाली कामदारहरुलाई मध्यनजर गर्दै समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु इजरायलमा काम गर्दै गर्दा आइपर्ने समस्या तथा त्यसबाट आफू पनि जोगिन र अरुलाइ पनि जोगाउन सकिने अभिप्रायले आयोजना गर्न गइरहेको शो कार्यक्रममा उपस्थिति भइ आफ्नो अनुभव तथा इजरायलमा हुन सक्ने अस्वभाविक दुर्घटनाबाट बच्नको लागि साथीहरूको अनुभव लिन तथा दिनको लागि इजरायलबासी नेपाली दाजुभाइ तथा दिदिबहिनि हरुलाई उपस्थितिको लागि अनुरोध गर्नुभयो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven × = fourteen