चुनाव आयो भेडा हो” बोलको गित सार्वजनिक

गीत संगीत

काठ्माण्डौ । चुनाव नजिकिँदै गर्दा महेश नेपाल र अमृत आचार्य (माईला गुरु) को प्रस्तुतीमा “चुनाव आयो भेडा हो” बोलको गित सार्वजनिक भएको छ । गितमा महेश नेपाल, अमृत आचार्य र नवराज गौतमको आवाज सुन्न सकीन्छ । महेश नेपाल र अमृत आचार्यको शब्द, महेश नेपाल र कृष्ण लामीछानेको संगितमा गित तयार भएको हो। गितमा राजनीतीक नेतृत्वप्रती चर्को बितृष्णा पोखिएको छ । सोझा नेपाली जनता चरम बेथीती, भ्रष्टाचार र गलत नेतृत्वको सिकार भएको गितमा देखाईएको छ।

गितको म्युजिक भिडियोमा रबिन्द्र नेपाल, प्रत्युष नेपाल, अमृत आचार्य, महेश नेपाल लगायतको जिवन्त अभिनय देख्न सकीन्छ । महेश नेपालको निर्देशन, शितलराज गिरिको छायाङ्कन र चेतन सामतको सम्पादनमा गितको म्युजिक भिडियो तयार भएको हो । दिनेश श्रेष्ठ अफिसियल युटुब च्यानलमा गितको भिडियो अपलोड गरिएको छ ।
https://youtu.be/xYjyyA9l_1M

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten ÷ = one