चर्चित नेपाली राष्ट्रिय कलाकारहरुको साथमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले भ्यालेनटाईन डे बिशेष सांगीतिक कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको आयोजनामा
इजरायलमा प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे २०२३ को अवसरमा आगामी बर्ष २०२३ फेब्रुअरी १७ तारिख शुक्रबारका दिन बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

उक्त सांगीतिक कार्यक्रममा नेपालदेखिका राष्ट्रिय कलाकारहरु “र्यापर”आशिष राना ( लाउरे ) साथमा लाउरे टिमबाट गिटारिष्ट दिपक लामा, र डिजे सनिष शेरचन, हास्य कलाकार तथा गायिका सन्ध्या बुढा ( काउली बुढी ) र बरिष्ठ गायक यम बराल र  गायक तथा संगीतकार चेतन सापकोटा इजरायल आउने अध्यक्ष युनिका गुरुङले जानकारी दीएकी छन ।

साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ आयोजक संस्थाले जनाएको छ ।

!!! सुचना !!! सुचना !!! सुचना !!!

नमस्कार साथै सांगितिक अभिवादन ।🙏

“अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा” द्वारा प्रेम दिवसको अवसरमा “VALENTINE’S DAY” सांगीतिक साँझ 2023 कार्यक्रम FEBRUARY 17 तारिख शुक्रबारको दिन निम्न मिति र स्थानमा आयोजना गर्न गइरहेको हुँदा उक्त कार्यक्रमलाई सब्य र भब्यताको साथ सफल बनाउनको निमित्त नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रीय कलाकारहरु “र्यापर”आशिष राना ( लाउरे ) साथमा ” LAURE TEAM ” बाट GUITARIST दिपक लामा, र DJ सनिष सेर्चन, हास्य कलाकार तथा गायिका सन्ध्या बुढा ( kauli budi ) Legendary, versatile गायक यम बराल, गीतकार तथा गायक चेतन सपकोटा ज्युको मनमोहक प्रस्तुतिले मनोरञ्जन गराउनुका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । भने प्रेम दिवसको अवसर पारि हामी सबै नेपाली एकै ठाँउमा परिवारिक सद्भावना कायम राख्दै कार्यक्रममा रम्न र रमाउन इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, विभिन्न बिधाका कलाकारहरु, कला प्रेमिहरुमा उपस्थितिको लागि अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल (शाखा ) परिवारको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछौं । साथै इजरायलमा रहि विभिन्न उदेश्यले खोलिएका साहित्यिक, सामाजिक, राजनीतिक तथा विभिन्न संघ-संस्था/संगठनका प्रतिनिधिवर्गहरु साथै इजरायलबाट संचालनमा रहेका मिडियाकर्मी मित्रहरू सोहि दिन उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुनको लागि हार्दिक अनुरोधका साथ हार्दिक निमन्त्रणा गर्दछौं । 🙏

मिति : 17 फेब्रुअरि 2023 शुक्रवार
समय : 8:00 बजे
स्थान : बेत बार्बुर, हगाना 135 तेल अविब

सम्पर्क नम्बर :
कादम्बरी दाना श्रेष्ठ : 0549405431
अनिल सिंह राजपुत : 0587216777
कुमार आङ्देम्बे ( अबि ) : 0543462324
युनिका गुरुङ : 0586919576
राज लिम्बु : 0545246860

आयोजक
अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल ( शाखा ) परिवार ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty ÷ five =