नेहा मंजु गुरुङ फाउण्डेसनको पहलमा मानब सेवा आश्रमलाई सहयोग !

इजरायल बिसेष सामाजिक

तिनजुरे अनलाइन !

 

 

तिनजुरे अनलाइन !

नेहा मंजु गुरुङ फाउण्डेसनको पहलमा पोखरा हेम्जामा रहेको मानब सेवा आश्रमलाई १ लाख ४९ हजार ४ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ !

सहयोग रकम अध्यक्ष गुरुङ मार्फत इजरायलमा कार्यरत २८ जना सहयोगी मन हरु साथै सदस्य रन्जना के सि मार्फत ८ जना सहयोगि मन मार्फत जम्मा भएको १४ हजार ४ सय २० गरि जम्मा भएको उक्त रकम गत हप्ता उक्त आश्रममा एक कार्यक्रम गरि सत्य साई सेन्टर इजरायलकी सदस्य रन्जना के सि ले आश्रम संचालक समितीकी सह सचिब मनिकला नेपाली लाई उक्त सहयोग हस्तान्तरण गरेको अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी दीएकी छन !

उक्त आश्रममा २ सय बढी वृद्ध बृद्दा रहेका छन !सहयोग रकम लिदै संचालक समितीकी सह सचिब मनिकला नेपालीले फाउन्डेसन साथै सहयोगी मनहरु लाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए !

इजरायलमा कार्यरत नेहा मंजु गुरुङ बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी बरिष्ठ समाजसेवी र आध्यात्मिक व्यक्तित्व समेत हुन्। श्री सत्य साइ सिमलचौर सेन्टर पोखराकि संस्थापक अध्यक्ष, श्री सत्य साइ इन्टरनेसनल अर्जनाइजेसन इजराइलको अध्यक्ष समेत रहेकी नेहा मंजु फाउण्डेसनकि संस्थापक अध्यक्ष समेत हुन !

उनले सयौं रोगि दुखि पिडितलाइ आर्थिक सहयोग गर्नुको साथै दर्जनौ अनाथ आश्रमहरुमा आर्थिक सहयोग, खाद्यान्न, शैक्षिक सामग्री, लत्ता कपडा लगायातका सामग्रीहरु सहयोग गर्दै आएकी छन् । भबिष्यमा पनि समाजसेवामा निरन्तर लागिरहने र दुखि पिडितको सेवामा लागि रहने भावाना लिएर कार्य गर्दै आएकी समाजसेवी तथा नेहा मंजु फाउण्डेसनकि अध्यक्ष नेहा मंजु गुरुङले समाजसेवामा नै आफ्नो जिबन अर्पण गर्ने अठोट लिएकी छिन ।

नेहा मन्जु गुरुङ मार्फत संकलन भएको रकम

सदस्य रन्जना के सि मार्फत संकलन भएको रकम सहयोगी

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = one