प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन !

राजनीति

तिनजुरे अनलाइन !

एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा गीता सुवेदी चयन भएकी छिन्।

गत मे १० तारिखमा सम्पन्न विशेष अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । प्रवासी नेपाली मञ्च इजरायलकी अध्यक्ष ज्योती शर्मा ओएनएफ अन्तराष्ट्रिय कमिटीमा चयन हुनुभएपछि रिक्त इजरायलको अध्यक्ष पद बिशेष अधिवेशन गरी चयन गरिएको हो ।

मञ्चको इजरायल कार्यसमितिको उपाध्यक्ष शिवराज खड्का, सचिव रमेश जोशी, उपसचिवद्वय इन्दिरा कटुवाल अलि महमद मिया चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रश्मि राई ,गोमा उप्रेती ,नवराज ओली, कविता श्रेष्ठ ,जानू जिसी, पबित्रा भण्डारी, सीता कोइराला, पासिमा शेर्पा, चित्र कार्की, कल्याण जोशी, लेखनाथ कार्की, केशव खनाल, बिजय पाठक, पबित्रा गौतम, सीता खड्का, सरस्वती गिरी, मन्जु भुजेल, निर्मला बुढाथोकी र शान्ता गुरुङ चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज डा. राजन भट्टराईले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै निति नियम र विधानलाई अनुशरण गर्दै अगाडी बढ्न निर्देशन दिएका थिए ।

विशिष्ट अतिथी अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष सञ्जय थापा प्रवासी मंच प्रवासमा रहने सबै नेपालीहरुको आशा र भरोसाको केन्द्र रहेको बताउँदै कार्यसमितिलाई अझ क्रियाशील बनाउन अपिल गरेका छन्

कार्यसमितिलाई अन्तर्राष्ट्रिय कमिटीका सचीव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाले सपथ ग्रहण गराएका थिए।

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− four = four