तेह्रथुमको वसन्तपुरमा बिद्यार्थीलाई उद्यमशिलता सम्बन्धी तालिम

समाचार

प्रकाश पाक्साँवा
तेह्रथुम २८ बैशाख
कुनै व्यापार वा व्यवसाय सुरु गर्नु नै उद्यमशीलता हो । कुनै पनी उद्यम गर्न दिर्घकालिन अध्यायन गर्न आवस्यक पर्छ । बिद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ उद्यमशिलता अभिप्रेरणा कार्याशाला गोष्ठि बिहीबार देखी तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने गोष्ठिमा तेह्रथुम सहित धनकुटा र संखुवासभाका ५ सामुदायिक क्याम्पसका प्रध्यापक र विद्यार्थी गरी ५० जना वढीको सहभागिता छ ।

गोष्ठि विश्वविद्यालय अनुदान आयोग नेपालको आर्थिक सहयोगमा बसन्त वहुमुखी क्याम्पसले आयोजना गरेको हो । विद्यार्थीलाई उच्च शिक्षा अध्यायन संगै उद्यम सृजनामा अभिप्रेरित गर्ने तालिममा विषयवस्तुहरु समाबेश गरिएका छन । पर्यटनमैत्री वातारण ,लगानी सुरक्षित,बजारीकरणका साथै पुर्वाधार विकासमा जोड दिन सके युवाहरु उद्यम तर्फ आउने उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका पुर्व प्रदेशमन्त्री लछुमन तिवारीको भनाई छ । गोष्ठिको उद्घाटन सत्रमा बोल्दै क्षेत्रीय परिक्षा नियन्त्रक कार्यालय विराटनगरका सह नियन्त्रक डिल्ली प्रसाईले विद्यार्थीलाई उच्च शिक्षा अध्ययन संगै उद्यम सृजनामा अभिप्रेरित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै क्याम्पस संचालक समिति अध्यक्ष तथा नगर प्रमुख अर्जुन माबोहाङले विद्यालयमा पाठ्यक्रम निर्माण गर्दा वखत नै उद्यम सृजना हुने बिषय समेट्नु पर्नेमा जोड दिए ।

तालिममा नेपालमा पर्यटन व्यवसायको सम्भावना अवसर,समस्या चुनौती,उपायहरुका साथै ्रामिण पर्यटन, कृषि पर्यटन, स्थानीय उत्पादनको वजारीकरण, होटल व्यवसायको संभावना लगायतको बिषयमा छलफल भई रहेको छ । उच्च शिक्षामा अध्यायन गर्ने बिद्यार्थीहरु अध्यायन सँगै व्यवसाय प्रति जागरुण गर्ने उदेश्य रहेको बसन्त बहुमुखी क्याम्पस तेह्रथुमका प्रमुख भिम प्रसाद दाहालले बताए ।

नयाँ सोचका साथ उद्यम गर्ने हो भने आफ्नो व्यवसायमा जोड दिनु पर्ने तालिममा सहभागी टंक थापाले बताए । तालिमको पहिलो दिन पुर्वमन्त्री तिवारी सप्तकोशी डेब्लमेन्ट बैकका नायव प्रमुख कार्यकारी अधिकृत कुमार खड्का र वसन्त बहुमुखी क्याक्पसका पुर्व क्याक्पस प्रमुख गणेश बरालले सहजीकरण गर्नु भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× one = one