नेपाल आदिवासी जनजाती महासंघ इजरायलले मनायो २९ औ बिश्व आदिबासी दिवस (भीडियो सहित)

इजरायल बिसेष

तिनजुरे अनलाइन तेल अभिव,
नेपाल आदिवासी जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

गत ११ अगष्ट तारिख शुक्रबार लेविन्सकी पार्क तेल अभिवमा
आत्मानिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठको संयोजन तथा नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे (अबि)को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो !

कार्यक्रममा प्रमुख अतिथि – सस्थापक महासचिव सुन्दर सिंह योन्जन ,विशेष अतिथि तथा प्रमुख वक्ता सम्रक्षक परिषद सदस्य – निर्मला गुरुङ्ग ,विशेष अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( NRNA -NCC)भेषराज पाण्डे (उपाध्यक्ष) लगायत विभिन्न राजनतिक ,सामाजिक संघ,सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल आदिवासि जनजाती महासंघ इजरायलमा आबद्ध जातीय संस्थाहरु शेर्पा संघ इजरायल, नेपाल तामाङ घेदुङ इजरायल , तमु  समाज इजरायल , किरात याक्थुङ चुम्लुङ इजरायल, राष्ट्रिय नेवा :खल ,इजरायल नेपाल मगर संघ शाखा इजरायल , साथै ह्योल्मो समाज इजरायल लगायतले जातिय मौलिक पहिचान झल्किने झाँकी प्रदर्शन गरेका थिए त्यस्तै विभिन्न राष्ट्रिय सामुदायिक खानाको परिकारहरु समेत राखिएको थियो छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि – सस्थापक महासचिव सुन्दर सिंह योन्जन तामाङले मन्तव्य राख्दै आदिवासी जनजाती महासंघ जनजातिको मात्र हितमा नभइ ,सम्पुर्ण नेपाली भासि हरुको हितमा काम गर्दै आएको बताएका थिए !

त्यस्तै नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे अबिले मन्तव्य राख्दै आदिवासि जनजातीको हक अधिकारका लागी राज्यले समान् ब्याबहार नगरेको अनि आदिवासिहरुले भिन्नै राज्य नमागेको र समान हक अधिकार पाउनु पर्ने कुरा व्यक्त गरेका थिए !

विशेष अतिथि तथा प्रमुख वक्ता सम्रक्षक परिषद सदस्य – निर्मला तमुस्योले सम्पुर्णलाई शुभकामना दिदै पुर्बमा कोशी प्रद्देस नामाकरण खारेज भई पहिचानको आधारमा नामाङकन हुन पर्ने बताउनु भएको थियो !

महासचिव रन्जना ग्याबक तामाङ तथा प्रथम सचिब बिमला श्रेष्ठले संचालन गरेको कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी साबित्रा भण्डारी, मिडिया कर्मी, संघ संस्थाका महानु भाब लगायत सम्मानित भएका थिए !

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =