एनआरएनए इजरायलले हरितालिका तिज तथा चोथा पुजाको अबसरमा सुभकामना आदान प्रदान सङै तीज बिशेष कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !
गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एन आर एन ए एन सि सि इजरायलले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज तथा चोथा पुजाको अबसरमा सुभकामना आदान प्रदान सङै तेल अबिबमा तीज विशेष सामुहिक दर खाने कार्यक्रमको आयोजना गरेको छ !

आउदो१७ सेप्टेम्बर आइतबार बेलुका ८ बजे तेल अबिबको लेबेन्की फूटसल ग्राउन्डमा सामुहिक रुपमा दरखाने नाच गान गर्ने रमाउने कार्यक्रम रहेको बताईएको छ !

एनआर एन ए इजरायलका महासचिव अलि महमद मियाले भने हरेक बर्ष नेपाल देखी कलाकार ल्याएर तीज महोत्सव तीज धमाका जस्ता कार्यक्रम गर्दै आएता पनि यो पटक भने अलिक फरक तरिकाले इजरायलको कामको थकानलाई मध्य नजर गर्दै केहि समय भए पनि मनोरञ्जन दिलाउदै थकान मेटाउने उदेश्यले नेपाली दिदि बहिनीहरु लाई निशुल्क रुपमा दर खुवाउने कार्यक्रम समेत रहेको बताएका छन !

आयोजक एनआर एन ए इजरायलले यो पटक गरेको तीज विशेष  सामुहिक कार्यक्रममा सहभागी हुन इजरायलमा कार्यरत नेपाली दाजु भाई दिदि बहिनी सम्पुर्णमा निमन्त्रणा समेत गरेको छ !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixty seven − sixty three =