इजरायलमा “ह्योल्मो सोनाम लोसार” भब्य रुपमा सम्पन्न !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार भब्य रुपमा सम्पन्न भएको छ !

गत २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब
को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती एवम ह्योल्मो साँस्कृतिक श्याब्रु , देर्ग, स्वादिष्ट खाना रात्री भोजको साथमा कार्यक्रम सम्पन्न भएको हो !

कार्यक्रममा ह्योल्मो समाज इजरायलका अध्यक्ष समिर श्याङ्बा ह्योल्मोको अध्यक्षता तथा , नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिभिन्न राजनीतिक संगठन राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष तथा ,नेफिन इजरायलका संरक्षक परिषद सदस्य,त्यस्तै इजरायलमा स्थापित विभिन्न सामाजिक, धर्मिक, कला, साहित्यिक संघ संस्था अध्यक्ष तथा प्रतीनिधिहरुले उपस्थिति सङै सुभकामना मन्तव्य राखेका थिए !

कार्यक्रममा सांस्कृतिक मौलिक श्यब्रुको प्रस्तुत गर्ने कलाकार स्थानिय कलाकारहरु साथै लाई सम्मान पत्र साथै संस्थाका हरेक गतिविधि लाइ प्रचार प्रसारमा सहयोग पुर्याएको भन्दै तिनजुरे अनलाईन डट नेट, फिस्टेल न्युज डट स्वदेश नेपाल डटकम लगायतका मिडिया लाइ कदर पत्रले सम्मान गरिएको थियो !

कार्यक्रम संयोजक फुर्पु श्याङ्बा ह्योल्मो उपसंयोजक सर्किनी ज्याबा ह्योल्मो रहेका थिए ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार”ह्योल्मो भाषा,भेषभुषा धर्म, कला संस्कृतिको, संरक्षण र सम्बर्धन गरौं भन्ने मुल नाराको साथमा २००६ मा स्थापना भएको महासचिव खेन्डो ओमु ह्योल्मो ले जानकारि दीएकी छन !

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eighty one = eighty eight