छोरीको जन्म दिनमा समाजसेवी सुजाता गौतम द्वारा खाद्यन्य सहयोग !

सामाजिक


तेह्रथुम १५ फाल्गुन
काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका समाजसेवी सुजता गौतमले छोरी रिया कोईरालाको जन्म दिनको अवसरमा विपन्न एक परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ ।

एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का चन्द्र बहादुर लिम्बुलाई विभिन्न खाद्यन्य सामग्री प्रदान गर्नु भएको हो । लिम्बु लाइ पचास किलो चामल, तेल,दाल,साबुन मसला र नुन प्रदान गरिएको थियो । विपन्न परिवारका लिम्बु लाई छथर गाउँपालिका २ का पुर्व वडाध्यक्ष कुल बहादुर कार्की तथा सचिब टेक बहादुर कार्की पत्रकार प्रकाश पाक्साँवाले प्रदान गर्नु भएको थियो ।

आर्थीक रुपमा विपन्न भएका परिवारलाई थोरै भएपनी राहात पुगोस् भन्ने उदेश्यका साथ खाद्यन्य सहयोग गरेको गौतमले बताउनु भयो । खाद्यन्य सहयोग गर्ने दातालाई धन्यवादका साथै पुर्व वडाध्यक्ष कार्कीले जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

खाद्यन्य वितरण कार्यक्रममा पुर्वजनप्रतिनिधी,कर्मचारीका साथै स्थानीयको उपस्थितीमा सम्पन्न भएको थियो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− six = 4