तिनजुरे अनलाइन!
नेहा मन्जु गुरुङ फाउण्डेसनद्वारा नेपालका दुर्गम क्षेत्रमा ११ वटा स्ट्रेचर सहयोग हस्तान्तरण गरेको छ !
नेहा मन्जु गुरुङ फाउण्डेसनको पहलमा नेपालका विभिन्न दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने ११ थान स्ट्रेचर सहयोग गरिएको अध्यक्ष गुरुङले जानकारी दीएकी छन ।
गुरुङका अनुसार सिन्धुली कुसेश्वरमा १ ,रामेछाप खाडादेबी मन्दिर आसपास २ दोलखा भिमेश्वर आसपास ४, खाेटाङमा ४ गरि जम्मा ११ वटा स्ट्रेचर बितरण गरिएको छ साथै भबिष्यमा पनि यसरी नै दुर्गम क्षेत्रमा सहयोग कार्यलाइ निरन्तरता दिने जानकारी गराएकी छिन् ।
साई केन्द्र बालकाेटका साई भक्त सन्तोष चुडालको संयोजकत्वमा दुर्गम क्षेत्रमा बिरामी बोक्न प्रयोग हुने स्ट्रेचर बितरण गरिएको हो ।
प्रति स्ट्रेचर रु. तिन हजार तिन सयमा खरिद गरिएको ११ वटाको जम्मा मुल्य रु. ३६ हजार ३०० रहेको फाउण्डेसनले जनाएको छ ।
उक्त स्ट्रेचर अभियानलाई फाउन्डेसनकि अध्क्षय गुरुङसहित सुजाता गौतम, पूर्ण गुरुङ, मंजु घिमिरे, मिना बास्कोटा र मिनु लिम्बुले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
फाउन्डेसनकि अध्क्षय गुरुङ श्रीसत्य साई सेन्टर इजरायलकि समेत अध्यक्ष रहेकी छिन्।
बिदेशी भूमिमा बसेर सदैब नेपालीहरुको सेवा-सहयोगमा जुटेकी उनि सबै माझ परिचित छिन। उनि विभिन्न अवसरमा फरक फरक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउछिन । समाजसेवामा अग्रसर रहने मन्जुले आगामी दिनहरुमा पनि यस्तै सहयोग जारी राख्ने बताएकि छन ।