मृगौला पीडित  ठकुरीलाई झापाली समाज माल्टाद्वारा  आर्थिक सहयोग हस्तान्तरण !

देश विदेश सामाजिक

तिनजुरे अनलाइन !

हल्दिबारी- फागुन २- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर झापाली समाज माल्टाको नेतृत्वमा उक्त सहयोग संकलन गरी हस्तान्तरण गरेको समाजका संयोजक शर्मिला बस्नेतले जानकारी दिएकी छन् ।
झापा जिल्ला हल्दिवारी -३ निवासी मृगौलारोगी मन्जु ठकुरीको उपचारका लागि सहयोग गर्न वडाध्यक्ष रोशन शिवाकोटीले पत्राचार गरेपछि माल्टामा कार्यरत ३५ जना दाताहरूबाट संकलित रकम ९० हजार नेपाली रुपैयाँ संकलन गरिएको संयोजक बस्नेतले बताएकी छन् ।
फागुन २ गते आइतबार झापाली समाज माल्टाका प्रतिनिधि एगराज राउतले पीडित बिरामीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सहयोग रकम बुझदै पीडित ठकुरीले झापाली समाज माल्टा र सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× seven = 49